विराटनगर / संखुवासभामा शनिबार २ जना कोरोना संक्रमित पुष्टि भएसँगै प्रदेश १ को ९ जिल्लामा संक्रमितको संख्या १ सय ६० पुगेको छ ।
कोसी अस्पतालको ल्याबमा पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संखुवसभाको २३ र २२ वर्षका दुई जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालकी सुपरीटेण्डेन्ड डा. संगीता मिश्राले जानकारी दिइन् ।
शुक्रबारसम्म प्रदेश १ को ८ जिल्लामा मात्र १ सय ५८ जना कोरोना संक्रमित पुगेको थियो । प्रदेश १ को सबै भन्दा बढी संक्रमित झापा जिल्लामा देखिएको छ । झापामा १ सय ७, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, भोजपुरमा १, सोलुखुम्बुमा १ खोटाङ्गमा १ जना कोरोना संक्रमित देखिएको छ ।
झापा १०७
उदयपुर ३३
धनकुटा ७
मोरङ ५
सुनसरी ३
संखुवसभा २
भोजपुर १
सोलुखुम्बु १
खोटाङ्ग १
जम्मा १६०