संखुवासभा । संखुवासभामा पहिलो पटक दुई जनामा कोरोना देखिएको छ । भारतबाट जेठ १३ गते आइपुगेका उनीहरूलाई खाँदबारी–९ तुम्लिङटारको क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरूको स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठका अनुसार खाँदबारी–७ का २३ वर्षीय पुरुष र पाँचखपन नगरपालिका–१ का २२ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

७ जनाको टोली आएकामध्ये २ जनामा कोरोना देखिए पनि अन्यको रिपोर्ट आउन बाँकी रहेको छ । पहिलो पटक कोरोना देखिएपछि अहिले उच्च सतर्कता अपनाइएको छ ।