धरान /  सरकारले आर्थिक वर्ष २०७७/ ७८ को ४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज संघीय संसदमा अर्थमन्त्री तथा सूचना सञ्चार मन्त्री डा. युवराज खतिवडाले पेश गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने गरि बजेट प्रस्तुत गरिएको छ ।

खेलकुद क्षेत्रको बजेट साढे एक अर्ब घट्यो

आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ । आर्थिक वर्ष २०७७र७८ को लागि सरकारले खेलकुदतर्फ २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको छ ।

कोरोना महामारीका कारण यस पटक स्वास्थ्य , शिक्षा तथा रोजगार जस्ता क्षेत्रको बजेट प्राथमिकतामा पर्दा खेलकुदको बजेट घटेको हो र।

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता
सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सांसद विकास कोषको रकम घट्यो

स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिए पनि बजेट भने घटाएको छ । सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि भने ६ अर्ब ६० करोड बजेट छुट्याइएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
शिक्षामा १ खर्व ६३ अर्व
सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । गत वर्ष भन्दा ८ अर्ब बढी विनियोजन गरेको छ ।

डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढ्यो
सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबारको बजेट भाषण्मा इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

सरकारी कर्मचारीको कोरोना विमा
सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ । सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बिमा निःशुल्क गरिदिने डा. खतिवडाले जानकारी दिए ।