धरान  /  संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरिरहेका छन् ।
-सरकारले आगामी वर्ष ७५ हजार जनालाई सीपमुलक तालिम दिन ४ अर्ब ३४ करोड विनियोजन गरेको छ ।
-साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने भएको छ ।
-सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन गरेको छ ।
-प्रधानमन्त्री रोजगार कार्यक्रममा २ लाख रोजगारी उपलब्ध गराउन ११ अर्ब ६० करोड विनियोजन गरिएको छ ।
-कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने भएको छ ।।
-कृषि घरेलु साना मझौला उत्पादनमूलक होटल पर्यटन ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष बनाइएको छ ।