धरान / संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरिरहेका छन् । 

  • सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल निर्माण गर्नबजेट विनियोजन गरिएको छ । सय शय्याको सरुवारोग अस्पताल निर्माण गरिने ।
  • सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा गरिने छ ।
  • तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट 
  • परीक्षणको दायरा बढाउने । क्वारेन्टिन विस्तार गरिने ।
  • केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने 
  • आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने । 
  • ३ वर्षभित्र सबैको स्वास्थ्य विमा । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने । यो कार्यक्रमका लागि ७ अर्ब 
  • स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड ।
  • प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने ।