धरान । सुर्खेत जिल्लामा थप १२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म पनि अद्यावधिक गरेको छैन ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले १२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ मा एक जना, २ नम्बर वडामा एक महिलासहित ५ जना, ३ नम्बर वडामा एक जना, ६ नम्बर वडामा एक जना पुरुषमा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ७०१ पुगेको छ । 

त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका–८ का १६ र १७ वर्षीय दुई पुरुषमा र सिम्ता गाउँपालिका–४ मा ३५ र ४९ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार सबैको स्वास्थ्य सामान्य रहेको छ । उनीहरू भारतबाट आएको खुलेको छ । कर्णाली प्रदेशमा हालसम्म २३ जना संक्रमित पुगेका छन् । नेपालभरि ११२ जना निको भएर घर फर्किसकेका छन् । चार जनाको मृत्यु भइसकेको छ ।