धरान  / कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा थप एक जना नेपालीको मृत्युभएको छ । अमेरिकाको कनेक्टिकट राज्यमा
बस्दै आएका राजसेन ठकुरीको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको उनको परिवारले जनाएका छन् । 
स्थायी घर तनहुँ भएका ठकुरीको बुधवार सॉझ मृत्यु भएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिए ।  ठकुरी नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी मेत भएको बताइएको छ । 

योसँगै कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । प्रवासमा रहेका नेपालीहरू मध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको बताइएको छ । 
 झापास्थित भुटानी शरणार्थी शिविर बेलडॉगीमा बसेर अमेरिका आएकी भुटानी महिला विष्णुमाया सुब्बाको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । केन्टकी राज्यको लुइभेलमा बल्दै आएकी करीव ६० वर्षिया सुब्बाको स्थानीय एक अस्पतालमा उपचारकोक्रममा बिहिवार निधन भएको हो । 
यसअघि सोही ठॉउमा बस्दै आएका एक भुटानी शरणार्थी युवाको समेत कोरोना संक्रमणबाट ज्यान गएको थियो । उता अमेरिकी राज्य मेरिल्याण्डमा बाग्लुंगका २५ वर्षिय आशिष के।सीको तलाउमा डुबेर आइतवार ज्यान गएको छ ।