धरान । नेपालमा थप ३० जना कोरोनाबाट संक्रमित बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै अद्यावधिक गरेको तालिकामा विभिन्न जिल्लामा थप ३० जना नयाँ संक्रमित थपिएका हुन् ।

कुल ४८७ जना कोरोना संक्रमित बनेका छन् । जसमध्ये ४९ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार  नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष्, भरतपुर महानगरपालिका ६ केसरबाघका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला छन् । त्यस्तै नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ र १८ निवासी ३३ र ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी रहेका छन् । त्यस्तै कपिलवस्तु बाणगंगा नगरपालिका तथा मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुषमा र ८ वर्षीया बालिकामा कोरोना देखिएको हो । 

त्यस्तै सलाृही गोडैता नगरपालिका–८, ९, ११, १३ र १४ नम्बर वडा साथै रामनगर बहुअर्वा गाउँपालिका–७ का २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८ र ३९ वर्षीय पुरुष र १८ वर्षीया महिला रहेकी छन् । मन्त्रालयले बिहान ९ बजे गरेको अद्यावधिक अनुसार नेपालमा कुल ४८७ कोरोना संक्रमित पुगेका छन् ।