उर्लाबारी / उर्लाबारी नगरपालिकाले नगरमा रहेर बैकिङ सेवा संचालन गरीरहेका दुई दर्जन बढी वित्तीय संस्थाहरुसँग कोरोना रोकथाम तथा राहत वितरणको लागि आथिीक सहयोगको माग गरेके छन् ।
नगर प्रमुख तथा कोषका संयोजक खड्ग फागोले हस्ताक्षर गरी पठाइएको पत्रमा सवै वित्तिय संस्थाहरुलाई बैकले प्रत्येक आर्थिक बर्षमा वितरण गर्ने संस्थागत सामाजिक उत्तरदायित्व (सि.एस.आर.) अन्र्तगत मुनाफाको १ प्रतिशत रकम यस महामारीमा उर्लाबारी नगरपालिकालाई आर्थिक सहयता प्रदान गरी सहयोग गर्न भनिएको छ । पत्रमा अघिका बर्षहरुमा बैक तथा वित्तिय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पु¥याएको योगदानको प्रशंशा गर्दै यस परिस्थितीमा समेत नगरपालिकालाई कोरोना रोकथाम, नियन्त्रण तथा बिपन्न परिवारलाई राहतको लागि आर्थिक अभाव भएकोले सहयोग गर्न भनिएको छ ।
नगरको बजार क्षेत्रलाई केन्द्र बिन्दु मानेर प्राईम कर्मसिल बैक, कृषी बिकास बैक, माछापुच्छ्रे बैक, नेपाल बैक,नेपाल ईन्भेष्टमेन्ट बैक, सिदार्थ बैक, सिभील बैक, राष्ट्रिय सहकारी बैक, कुमारी बैक, एक्सल डेभलपमेन्ट बैक, राष्ट्रिय बाणिज्य बैक, गरीमा बिकास बैक, मुक्तीनाथ बिकास बैक, प्रभु बैक, नविल बैक, मितेरी डेभलपमेन्ट बैक, सप्तकोशी डेभलपमेन्ट बैक, बैक अफ काठमाण्डौ, कामना सेवा बिकास बैक, नेपाल ग्रामीण बिकास बैक, एनएमबि बैक सहितका बैक एवं जिवन बिकास, फस्ट माईक्रो फार्ईनान्स, फरवार्ड, नेरुडे, नाडेप,समिट, ईन्फिनीटीभ, आशा लघुवित्त सहितका संस्थाहरुले वित्तीय कारोवार गर्दै आएका भएता पनि जिवन बिकास संस्था वाहेक अन्य कुनै बैक तथा वित्तिय संस्थाहरुबाट सहयोग प्राप्त नभएको नगरपालिकाका अधिकृत भरत अधिकारीले बताए ।
































