यासोक, पाँचथर । कोराेना भाइरसका कारण देशमा लकडाउन छ । तर लकडाउनको प्रवाह नगरी मानिसहरू यसरी भेला हुन थालेका छन् ।
यो दृष्य कुनै राहतकाे हाेइन । पाँचथरको कुम्मायक गाउँपालिकाको हाम्रो बचत ऋिण सहकारी संस्थाले कृषकहरूलाई मल बाँड्दै गरेकाे दृष्य हाे । लकडाउनका बेला सामाजिक दूरी कायम गर्नुपर्ने हु्न्छ । तर गाउँपालिका नै लकडाउनको बेवास्ता गदैं कृषकलाई बोलाएर भीड बनाउन काम गरेको छ ।
यति बेला कृषकको बारी भएका मकैमा मल लगाउने बेला हो । मल अभावले समस्यामा परेका कृषक सहकारीले मल बाढ्ने भने पछि सबैले सामाजिक दुरी विर्सिए । बर्षभरी खाने मकै बारीमा विग्रिएको चिन्तामा उनीहरुले कोरोना संक्रमणको त्रास नै विर्सिदिए ।
सामाजिक दुरी कायम गरी माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने भए पनि त्यस्तो नभएको बजारवासीले बताएका छन । आवश्यक समन्वयन नगरी मल बितरण गर्दा भीड बढेको प्रहरीको भनाइ छ । कुन समयमा कहाँ र कसरी बितरण गर्ने भन्ने बिषयमा प्रष्ट जानकारी नहुदा समस्या भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।
किसानलाई मलको अवाश्यकता छ । तर उच्च सावधानी अपनाएर बितरण गर्नुपर्नेमा लकडाउँकै खिल्ली उठाइएको छ । सहकारीले पूर्ण रुपमा तयारी नगरी मल बितरण गर्दा संक्रमणको जोखिम बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । यता गाउँपालिकाले मल बितरण गर्ने भन्ने कुरा मात्र सुनाएको तर कुन समयमा कसरी बितरण गर्ने भन्ने बिषयमा जाकारी नगराएको जानएको छ ।