धरान । पश्चिम बंगालबाट सुरु भएको अंफान नामक विध्वंसकारी तुफानका कारण भारतको बंगाल क्षेत्रमा १० जनाको ज्यान गएको छ ।

प्रारम्भिक अनुमानअनुसार १० देखि १२ जनाको ज्यान गएको हुनसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । तुफान १४० प्रतिघण्टाको रफ्तारमा आएको थियो । जसका कारण पुल, घर, टावरलगायतमा पूर्ण क्षति पु¥याएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले पत्रकार सम्मेलनमा जानकारी दिएको आउटलुकले लेखेको छ ।

कतिपय क्षेत्रको सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ । मोबाइलको टावर, पानीका उद्योग, विद्युत् पूर्णरूपमा ध्वस्त बनाएको छ । कलकत्तामा ११४ किलोमिटर रफ्तारमा आँधी आएको थियो । तीन घण्टाको अवधिमा १८० मिलिमिटर पानी परेको थियो ।

मुख्यमन्त्री बेनर्जीले बिहीबार बिहानसम्म विमानस्थल बन्द गरिएको जनाइन् । मुख्यमन्त्री भवनमा पनि क्षति पु¥याएको जनाइएको छ । भारतको मौसम विभागले बिहीबार भारी वर्षा हुने अनुमानसहित १४० किलोमिटरको रफ्तारमा आँधी आउने अनुमान गरेको छ । विशेष गरेर तुफानका कारण पश्चिम बंगालको दक्षिण क्षेत्रमा ९० प्रतिशत क्षति पु¥याएको अनुमान गरिएको छ । विशेष गरी परगना, मिदनापुर, कलकत्ता, हावडा, बर्दवा, हुगली, बांकुडा, पुरलिया, नदिया जिल्लामा क्षति पु¥याएको छ ।