धरान । धरान–१० सैनिकचोकस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिडेटले आफ्ना कार्यरत ६५ जना कर्मचारीको कोरोना बिमा गरेको छ ।

कर्मचारी कसैलाई कोरोना संक्रमण भएको पुष्टि भएमा क्षतिपूर्तिबापत १ लाख रुपैयाँ पाउने अध्यक्ष डा. योगन्द्र राईले जानकारी दिए । संस्थाले सञ्चालक समिति, लेखा समिति, नियमित कर्मचारी, बजार प्रतिनिधि गरी ६५ जनाको कोरोना बिमा गरेको हो । बिमा अन्तर्गत ६५ जनामध्ये कसैलाई पनि एक वर्षभरि कोरोना संक्रमण देखिएको अवस्थामा एक लाख रुपैयाँ क्षतिपूर्तिबापत रकम पाउने उनले बताए ।

बिमाका लागि सञ्चालक समितिले बैठक बसेर निर्णय गरेको हो । कोरोनाबाट उत्पन्न हुनसक्ने जोखिमलाई आर्थिक सुरक्षण गर्ने उद्देश्यले सामूहिक बिमा गर्न लागिएको सहकारीका प्रबन्धक जितबहादुर राउतले जानकारी दिए । लकडाउनको अवधिमा आफ्ना ग्राहकलाई सहकारीले आइतबार र बिहीबार सेवा दिँदै आइरहेको छ ।