धरान । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् । अब उपाधिका लागि भोटिङ खुल्ला गरिएको छ ।

टप ५ देखि आइडलले भोटिङ खुल्ला गर्दै आएको छ । दिवेशले उपाधिका लागि फाइनल राउण्डको प्रतिस्पर्धा गर्नेछन् । उनले फाइनल राउण्डका लागि दुई वटा प्रस्तुति दिनुपर्ने छ । हरेक फाइनलिष्टले २–२ वटा प्रस्तुति दिनेछन् । त्यसअन्तर्गत दिवेशले पनि दुई वटा प्रस्तुति दिने छन् ।

त्यसक्रममा दुई घण्टासम्म भोटिङ खुल्ला गरिने छ भने सबैभन्दा बढी भोट ल्याउने नै अमेरिकन आइडल घोषणा हुने छ । कोरोना भाइरसको महामारीका कारण अमेरिकन आइडल प्रभावित बने पनि सबै फाइनलिष्टहरूले आआफ्नै घरबाट प्रस्तुति दिइरहेका छन् । सोही आधारमा निर्णायकले निर्णय गरेका थिए ।