ब्लाष्टखबर ।  धरानमा पाउराेटी उद्याेगमा अनुगमन भएकाे छ । 

लकडाउनकाे समयमा उपभाेक्ताहरूले सिधै प्रयाेग गर्ने तयारी खाद्यकाे रूपमा रहेकाे पाउराटी उद्याेगमा उत्पादन, प्रशाेधन, भण्डारण तथा लेभलिङ्गकाे बस्तुस्थितिकाे बारेमा निरिक्षण तथा प्रशिक्षणका लागी अनुगमा गरीएकाे धरान उपमहानगरका बजार अनुगमन अधिकृत बेद प्रसाद सापकोटा बताएका छन् ।  

खाद्य तथा गुण नियन्त्रण कार्यलय सुनसरीका प्रमुख बिक्रम लिम्बू , इलाका प्रशासनका नासु टंक श्रेष्ठ , उद्योग बाणिज्य संघका सिताराम आचार्य, उपभोक्ता हित संरक्षण मञ्चबाट कृष्ण प्रसाद ताम्राकार ,नगर प्रहरी प्रमुख बिस्नु प्रसाद कोइराला सहितकाे अनुगमन टाेलीले धरान ९ स्थित उत्तम पाउरोटी  उद्याेग र धरान १५ काे मनकामना पाउरोटी उद्योग लगायतका उद्योगमा अनुगमन गरिएको थियोे ।

टाेलिले संञ्चालित उद्याेगहरूकाे बस्तुस्थितिकाे बारेमा जानकारी राख्नुका साथै अव्यावस्थित रूपमा सञ्चालित उद्याेगहरूलाई सहि ढङ्गबाट उत्पादन  प्रशाेधन, भण्डारण तथा लेभलिङ्गका गर्न  प्रशिक्षण समेत दिएकाे सापकोटाले बताएका छन् । 

' लकडाउनकाे समयमा उपभाेक्ताहरूले साेझै प्रयाेग गर्ने भएकाले काेराेना संक्रमणकाे जेखिमलाई मध्यनजर गर्दै हामीले  त्यहाँकाे उत्पादनकाे बस्तु स्थितिकाे जानकारी लिएका छाैं । प्राविधिक सहितकाे अनुगम टाेलि भएकाले  अव्यावस्थित रूपमा भएकाे उत्पादनलाई १० दिन भित्र सुधार्ने गरी  प्रशिक्षण पनि दिएका छाैं ।  ' उनले भने ' यसपटक कारवाही गर्ने भन्दा पनि प्रशिक्षण दिएर सुधार्ने गरी अनुगमन भएकाे छ ।  '