उर्लाबारी / लकडाउनको समयवधीमा संघीय सरकारले बेलुका ८ देखि विहान ६ बजेसम्म मात्र निर्माण ढुवानीका सवारी सञ्चालन गर्न अनुमति दिने परिपत्र गरे पनि झापा र मोरङमा दिनभरी ट्रिपर संचालन भएको भन्दै स्थानियबासीले विरोध गरेका छन् ।
आर्थिक बर्षको अन्तिम समय र लकडाउनका कारण प्रभावित बनेको विकास निर्माणका कार्य संम्पन्न गराउने भन्दै मोरङ र झापाबाट अत्याधिक ट्रिपर खोलाजन्य सामाग्री लिन उर्लाबारीमा प्रवेश गर्न थालेपछि कोरोना संक्रमण फैलिन सक्ने त्रासका कारण उर्लाबारी–५ र ६ का स्थानीयबासी आन्दोलित बनेका छन् ।
आइतबार बिहान ८ बजे देखि १० बजे सम्म संकेतिक रुपमा उर्लाबारी–मधुमल्ला सडक खण्डको उर्लाबारी–५ र ६ मा दुई दर्जन बढी ट्रिपर रोकेका स्थानिय युवाहरुले लकडाउनको समयमा ट्रिपरको आंतकसगै संक्रमणको त्रास बढेकोले बाध्य भएर आन्दोलिन हुनु हुनु परेको उर्लाबारी वडा नं.– ६ का अगुवा युवा प्रभू राईले बताए ।
साथै उनले राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि भने पनि ट्रिपरले बैशाख महिनाको निर्माण योजनाका नाम उल्लेख नभएका खारेजी भइसकेका पास बोकेर खोलाजन्य सामाग्रीहरु बोकेकोले निर्धारित र अनुमति बिनाका ट्रिपरहरुलाई आवात जावतमा रोक लगाउन दवाव दिने त्यसो नगरेमा दैनिक अवरुद्ध गर्ने समेत चेतावनी दिएका छन ।
यसैगरी उर्लाबारी स्कुलडाँडा–बरगाछी सडकमा ट्रिपर आंतकपछि स्थानीयबासीले ट्रिपर प्रवेशमा रोक लगाएका थिए । जेष्ठ १ गते उर्लाबारी नगरपालिकाका नगर प्रहरीले निर्धारित समय भन्दा बाहिर खोलाजन्य सामाग्री बोक्ने ट्रिपरलाई नियन्त्रणमा लिए पनि मोरङ प्रशासनको दवाबमा छुटाएको नगरपालिका स्रोतले जनाएको छ । नगरका वडा नं.–१ मा रहेको क्रसर उद्योगबाट झापा र मोरङका अधिकांश स्थानिय निकायहरुमा खोलाजन्य सामाग्री निर्यात हुने भएकोले गर्दा ट्रिपरको भिड् बढ्को हो ।