धरान  / विपन्न वर्गका लागि राहत व्यवस्थापन गर्न अन्यत्रको बजेट रकमान्तर गरेर भए पनि आफ्ना वडाको नागरिक कसैलाई भोको नराख्ने धरान उपमहानगरपालिकाका वडा अध्यक्ष नरेश इवारामले बताएका छन् । लकडाउनले समस्यामा परेकाहरुलाई भोकै नराख्ने. वडाको नीति रहेको उनले बताए ।

‘कतिपय समस्या प¥यो भनेर वडाका जनप्रतिनीधिहरुसँग सम्पर्कमा आउनु हुन्छ । उहाँहरुलाई खालीस् हात पठाएका छैनौं ।’–वडा अध्यक्ष इवारामले भने–‘अन्यत्र तिरको बजेट रकमान्तरण गरेर पनि विपन्न परिवारलाई भोकै नराख्ने वडाले नीति बनाएको छ ।’

जनसंख्याको हिसावले सबै भन्दा ठूलो धरान उपमहानगरपालिकाको वडा नं. १५ ले ३४ सय परिवारलाई दुई चरण गरेर राहत वितरण गरिसकेको छ ।
वडा कार्यालयमा हाल २ हजार केजी चामल मौजुदा रहेको वडा अध्यक्ष नरेश इवारामले जानकारी दिए । धरान उपमहानगरपालिकाको फुडबैंकबाट ५ हजार ५ सय ९१ प्याकेज राहत उपलब्द गराएको थियो । प्याकेजमा १० केजी चामल र एक÷एक केजी दाल, आलु, तेल उपलब्द गराइएको थियो ।

अध्यक्ष इवारामका अनुसार अन्य दाताहरुको सहकार्यमा अपुगलाई वितरण गरिएको थियो । नेकपाबाट विजयी ३ जना सांसदहरुले ७५० केजी, इजी राइटर ग्रुपले एक सय परिवारलाई, नेकपा प्रदेश सदस्य मुकेश मुक्साहाङले १५८ परिवारलाई, बाँजगरा सामुदायिक वन उपभोक्ता समुहले एक सय परिवारलाई, बाँझगरा कृर्षक समुहले ६० परिवारलाई, गरि ६१० परिवारका लागि वडा कार्यालयले आफै राहत जुटाएको वाड अध्यक्ष इवारामले जानकारी दिए । तेश्रो चरण राहतका लागि दाल, आलु, तेलको अभाव भएको उनले बताए ।