भद्रपुर  / दक्षिणी झापाको कचनकवल गाउँपालिकामा रङ्गशालाको शनिबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । कचनकवल वडा नम्बर ६ र ७ जोडिने स्थानमा रङ्गशाला निर्माण हुन लागेको हो ।

प्रदेश सांसद वसन्त बाँनियाँ र गाउँपालिका अध्यक्ष अन्जार आलमले शिलान्यास गरेका थिए । रङ्गशाला निर्माणका लागि भक्ति सिटौला र टिकालाल राजवंशीले जमिन निःशुल्क उपलब्ध गराएका छन् ।

निर्माणका लागि चालू आर्थिक वर्षका लागि प्रदेश सरकारबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको सांसद बाँनियाले जानकारी दिए । एक स्थानीय तह एक रङ्गशाला बनाउने सरकारको नीति बमोजिम प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो ।