लक्ष्मीमार्ग / मोरङको बेलबारीस्थित रहेको लोहन्द्रा खोलामा लकडाउनकै विच पुल निर्माण कार्य सुरु भएको छ । २०७४ साल साउन २८ गते बर्षासँगै आएको बाढीले उक्त पुल बगाएको थियो । आशिस समिनारायण आशिर्वाद जेवि कन्ट्रक्सनले ठेक्का लिएर भत्किएको लामो समय पछि लकडाउनको पालना गरेर काम थालेको हो ।

बेलबारी नगरपालिकाले पहिलो तथा दोस्रो नगरसभाबाटै पुल बनाउनका लागि प्रदेश तथा संघीय सरकारसँग अनुरोध गरेका बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदी बताउछन् । भत्किएको पुलको प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुनले समेत अनुगमन गरेका थिए ।

खोला बढेको समयमा सुनसरी मोरङ सिँचाइ आयोजनाको चतरा मूल नहर माथिबाट बग्ने लोहन्द्राको पुल बाढीले बगाएपछि स्थानीयको वडा कार्यालयसँगको सम्बन्ध नै टुटेको छ आफनै वाडमा आउन एक डेढ किलो मिटर पार गरेर वडा कार्यालय आई पुग्ने भए पनि पुल बगाए पछि करिब २१ किलो मिटर घुमेर मात्रै वडा कार्यालय आइ पुग्ने गरेको वडा अध्यक्ष बिश्वबन्धु बस्नेतले बताए ।