पथरी । अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङले निम्न वर्गका ५० जना मजदुरलाई राहत वितरण गरेको छ ।
विदेश रहेका विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेपछि पथरीशनिश्चरे नगरका मजदुरहरूलाई राहत वितरण गरेको हो । उनीहरूलाई प्रतिव्यक्ति २५ किलो चामल, १ किलो दाल र १ किलो नुन वितरण गरिएको छ । राहत पथरीशनिश्चरे नगर क्षेत्रमा सिटी सफारी, ट्याम्पु सवारी चलाएर दैनिक ज्यालामजदुरी गरेर खाने यातायात मजदुरहरूलाई वितरण गरिएको अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङका अध्यक्ष पूर्ण कार्कीले बताए ।
वितरण कार्यक्रममा संगठनका कोषाध्यक्ष नवीन झोडाली, सहसचिव डिल्लीसिंह राईलगायत उपस्थित रहेका थिए । यातायात मजदुर संगठनलाई क्यानडामा बस्ने छत्र खतिवडा, र्हक खतिवडा सुकर मुक्तान, अमेरिकाबाट रविन बराइली, पूर्ण चौहान, सागर सार्की, अष्ट्रेलियाबाट डिस काफ्ले र कृष्ण कुइँकेललगायतले सहयोग पठाएको अध्यक्ष पूर्ण कार्कीले बताए ।