विराटनगर । मोरङको पथरीबजारमा रहेको होलसेल पसलमा विक्री गर्न राखिएको अवस्थामा भारी परिमाणमा म्याद गुज्रिएको खाद्यवस्तु फेला परेको छ ।

विराटनगरबाट आएको अनुगमन टोलीले बुधबार गरिएको अनुगमनको क्रममा पथरी बजारमै सबैभन्दा ठूलो होलसेल पसल रहेको ‘श्री कृष्ण टे«र्डस’ मा म्याद गुज्रिएको खाद्य बस्तु फेला परेको हो ।

जिल्लामा अहिलेसम्म गरिएको अनुगमनको क्रममा सबैभन्दा बढी म्याद गुज्रिएको खाद्य बस्तु श्री कृष्ण टे«डेसमा फेला परेको घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख उद्योग अधिकृत गोकुल केसीले जानकारी दिए । उक्त टे«डसमा पिय पद्धार्थ, चामल, तेल, जुस, मसला, चकलेट, भूजिया, विस्कुटलगायतको खाद्य बस्तु म्याज सकिएको अवस्थामा फेला परेको केसीले बताए । यस्तै अनुगमनको क्रममा आशिष किराना पसलमा पेय पदार्थ दैनिक उपभोग्य वस्तु म्याद सकिएको फेला परेको थियो । म्याद सकिएको खाद्यबस्तु अनुगमन टोलीले पूर्ण रुपमा नष्ट गरेको छ ।

anuganam12

घरेलु तथा साना उद्योग कार्यलय विराटनगरको नेतृत्वमा आएको संयुक्त बजार अनुगमन टोलीले पथरीको इश्वर फार्मेशी र जय भवानी चामल उद्योगमा पनि अनुगमन गरेको थियो । अनुगमनको क्रममा फार्मेशीमा औषधी विक्री वितरणमा सामाजिक दुरी कायम नगरिएको पाइएको थियो । मापदण्ड कायम गरि औषधी विक्री वितरण गर्न अनुगमन टोलीले फार्मेशिलाई निर्देशन दिएको छ । यस्तै जय भवानी चामल उद्योगमा पनि अनुगमन गरेको छ । अनुगमनको क्रममा आवश्यक मात्रमा उक्त उद्योगमा खाद्यन्यको भण्डार गरिएको पाइएको थियो ।

anuganam13

महामारीको रूपमा फैलिएको कोरोना भाइरसले गर्दा बजारमा उपभोग्य बस्तुको कृतिम अभाव, मुल्य वृद्धि गरिएको, म्याद सकिएको खाद्य बस्तु विक्री बितरण हुने गरेको जनगुनासो आएपछि जिल्लामा अहिले बजार अनुगमनलाई तिव्रता दिएको छ ।

म्याद गुज्रिएको खाद्य बस्तु विक्री वितरण गर्ने कृष्ण टे«डर्सलाई आवश्यक कारवाहीको लागि ७ दिन भित्रमा कार्यालयमा उपस्थिी हुन दिर्नेशन दिएको घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख उद्योग अधिकृत केसीले बताए । ‘अहिले कोरोना भाइरसको संकटको बेलामा दैनिक उपभोग्य बस्तुको अभाव सृजना गर्ने र म्याद सकिएको समान विक्री वितरण हुने गरेको जनगुनासो बढेर गएपछि हामीले बजार अनुगमनलाई तिब्रता दिएका छौं,’ उनले भने, ‘अनुगमनलाई तिब्रता दिनेछौं ।’

अनुगमनमा वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, औषधि व्यवस्था कार्यालय विराटनगर, पब्लिक फोरम र स्थानिय जनप्रतिनिधि साथै स्थानीय प्रशासन सहितको टोलीले पथरी नगरपालिकामा बजार अनुगमन गरेको थियो ।