Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • ‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि सुझाव

‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि सुझाव

alt
  • जेठ १, २०७७
  • ब्लाष्ट खबर
 
काठमाडाैं / अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ ।
 
समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुझाएको नौ बुँदे सुझावपत्रमा कोरोना जोखिमका कारण प्रभावित सञ्चार क्षेत्रलाई विशेष व्यवस्था गर्नुपर्ने उल्लेख छ । समितिको सुझावमा कोरोना प्रभावित जिल्ला र काठमाडौँमा स्थलमा खटिएका सञ्चारकर्मीको पिसिआर परीक्षण गराउन तथा उनीहरुको जीवनबीमा साथै ‘कोरोना पत्रकार राहत कोष’ स्थापना गर्नुपर्ने उल्लेख छ ।
 
कोरोना सङ्क्रमण र लकडाउनलाई आधार बनाई कतिपय सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको सेवा सुविधा कटौती गर्ने, पारिश्रमिक घटाउने, पारिश्रमिक रोक्का राख्ने, बेतलबी बिदामा पठाउने, कामबाट निष्काशन गर्ने जस्ता कार्य तत्काल रोक्न निर्देशन दिनुपर्ने, श्रमजीवी पत्रकारका लागि सरकारी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाबाट ५० प्रतिशत छुटमा स्वास्थ्य उपचार गर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने, विपत्का बेला सञ्चारकर्मीलाई पर्याप्त ज्ञान सीपको विकासका लागि सबै प्रदेशमा राष्ट्रिय आमसञ्चार प्रतिष्ठानको स्थापना गर्नुपर्ने पनि सुझावमा उल्लेख छ ।
 
यसैगरी स्वरोजगारीमूलक (साना लगानीका) मिडियाको संरक्षण र संवद्र्धनका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने लोककल्याणकारी विज्ञापन समयसापेक्ष वृद्धि गरी सहज र सरल ढङ्गले भुक्तानीको व्यवस्था गर्नुपर्ने, समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठनको व्यवस्था गर्नुपर्ने सुझाव पनि उल्लेख छ । कोरोना सङ्क्रमणविरुद्ध अग्रमोर्चामा रहेर नागरिकलाई सुसूचित गर्ने प्रमुख दायित्व निर्वाह गरिरहेका सञ्चारकर्मीका लागि सञ्चार साधन खरिदमा छुटसहित आवश्यक सहुलियतको व्यवस्था गर्न तथा सञ्चारमाध्यमका लागि यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट गर्न तथा विद्युत्, टेलिफोन, इन्टरनेट महसुलमा छुट तथा अन्य प्रेस सामग्री खरिदमा कर छुटसहितको राहत प्याकेज घोषण गर्नुपर्ने पनि सुझावमा उल्लेख छ ।
 
मिडिया क्षेत्रलाई सेवामूलक उद्योगमा मान्यता दिन र .सामाजिक सञ्जाल तथा गुगल एडसेन्सबाट हुने विज्ञापनमा रोक लगाउनाका साथै क्लिन फिडका लागि आवश्यक कदम चाल्न पनि समितिले सुझाव दिएको अध्यक्ष अर्यालले जानकरी दिए ।
सम्बन्धित समाचार
सुनचाँदीको भाउ घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा द ...

वीरेन्द्र सभागृहको भाडादरमा किचलो

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको यही माघ २५ गते दिउँसो २ बजेका ल ...

झापा–१ निर्वाचन चर्चाः नयाँ मतदाताले परिणाम बदल्ने सम्भावना

भद्रपुर । झापा–१ अघिल्लो निर्वाचनहरूमा विघटित प्रतिनिधि सभाका सदस्य विश्वप् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनचाँदीको भाउ घट्यो
वीरेन्द्र सभागृहको भाडादरमा किचलो
झापा–१ निर्वाचन चर्चाः नयाँ मतदाताले परिणाम बदल्ने सम्भावना
धरानमा पानी सङ्कट समाधान गर
हङ्कङमा हुने गोर्खा ट्रेलब्लेजरमा नेपालका दुई धावक सहभागी
आजको राशिफलः २०८२ साल माघ १६ गते शुक्रबार
सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय पुग्यो
धरानको जिरोपोइन्ट क्षेत्र दुर्घटनाको हटस्पट: दुर्घटना न्यूनीकरणका लागि ध्यानाकर्षण
औषधि ऐन संशोधन नभए पुनः आन्दोलनको चेतावनी
पानी व्यवस्थापनमा जुट्दै धरानका कार्यवाहक नगर प्रमुख
धरानमा ‘सातौँ मिस्टर कोशी’ प्रतियोगिता हुने
एसियन हाइवेको निराशाजनक प्रगति
आजको राशिफलः २०८२ साल माघ १५ गते बिहीबार
झापा–३ को चुनावी चर्चाः लिङ्देनले ‘ह्याट्रिक’ गर्लान् त ?
ओखलढुङ्गामा वृद्ध दम्पतीको शृङ्खलाबद्ध हत्या
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved