धरान / धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा हालसम्म ३ लाख ६७ हजार ४ सय २५ केजी चामल संकलन भएको छ । जस मध्य ९७ जना दाताले ५८ हजार ४ सय २५ केजी संकलन गरेका थिए भने बाँकी धरान उपमहानगरपालिकाले खरिद गरेको हो ।
यस्तै २६ हजार ४५० केजी दाल, २९ हजार ५ सय ३५ केजी नुन संकलन भएको नगरस्तरिय कोरोना राहत परिचालन समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
समितिका संयोजक तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईका अनुसार धरानका २० वटा वडाहरुमा दुई चरण गरेर २९ हजार ६ सय ४८ परिवारलाई राहत वितरण गरिएको छ । हालसम्म ३ लाख एक सय साठी केजी चामल, ११ हजार ७ सय ८३ केजी दाल, २९ हजार एक सय २५ केजी नुन, २९ हजार एक सय ५४ लिटर तेल वितरण भइसकेको छ ।
हाल फुड बैंकमा ६७ हजार २ सय ६५ केजी चामल, १५ हजार ६ सय १२ केजी दाल, ४ सय ७ केजी नुन, १ सय १९ लिटर तेल १३ सय ३० केजी आलु ३ हजार ५ सय ९६ केजी न्युटेला रहेको मेयर राईले जानकारी दिए ।
विपन्न, ज्वालामजदुरी गरेर खाने परिवारलाई अब तेश्रो चरणको राहत वितरणका लागि तयारी भइरहेको मेयर राईले जानकारी दिए ।
उपमहानगरपालिकाको कोरोना राहत कोषमा एक करोड ४२ लाख, ६२ हजार ७ सय ६४ रुपैँया संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
तेश्रो चरणको राहत वितरणका लागि फुड बैंकमा मौजुदा निम्न भएकाले समितिले सहयोगको लागि सबैसँग आग्रह समेत गरेको छ ।