धरान । बक्सिङको संसारमा कुनै बेला चर्चित रहेका माइक टाइसन पन्ध्र वर्ष पछि ‘बक्सिङको रिङ’ मा देखिन लागेका छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै १५ वर्षपछि आफू बक्सिङ रिङमा आउन लागेको बताएका छन् । ‘म आउँदै छु’–भिडियो सेयर गर्दै लेखेका छन् ।

विश्व कोरोना महामारीमा जुधिरहेका बेला उनी भने बक्सिङ रिङमा आउन चाहेको कुरा उल्लेख गरेका छन् । ८० को दशकमा हेबिवेट बक्सरको रूपमा परिचित रहेका उनी विभिन्न प्रोपोगाण्डाका कारण पनि चर्चामा रहने गरेका थिए । आफ्ना प्रतिद्वन्द्वीको कानसमेत टोकेर चर्चामा आएका उनी माइक टाइसन च्यारिटी फण्डकाका लागि रिङमा उत्रिन लागेका हुन् । ५३ वर्षीय टाइसन इन्स्टाग्राममा सेयर गरेको भिडियोमा बक्सिङको अभ्यास गर्दै गरेका देखिन्छन् ।

उनले कोरोना महामारीका लागि उनले च्यारिटीमा रकम जम्मा गर्ने सोच बनाएका छन् । उनले घरबारविहीन बच्चाहरूलाई सहयोग गर्ने अपेक्षा राखेका छन् । उनले अन्तिम पटक रिङमा केबिन मेकब्राइटसँग सन् २००५ मा खेलेका थिए । केबिनसँग पराजित भएका उनले आफ्नो २० वर्षको करिअर समाप्त गरेका थिए । त्यसपछि च्यारिटी फण्डका लागि १५ वर्षपछि आफूलाई रिङमा उभिन लागेका हुन् ।

maik_taisan_boxar_one