धरान  / यति बेला धरानका सबे पत्रपत्रिकाहरु बन्द छन् । लकडाउनका कारण दैनिक, साप्ताहिक सबै पत्रिकाहरु बन्द छन् । यस्तो संकटको बेला धरानबाट नियमित प्रकाशन हुदै.आएको दिव्य रोशनी साप्ताहिकले धरान उपमहानगरपालिकाको फुड बैंकमा ४ सय केजी चामल र २ बोरा न्याुटेला सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत साप्तािहक १६ वर्षमा प्रवेश गरेको अवसरमा आइतवार साप्ताहिकका प्रवन्धक सागर सिङ्गजाली र सम्पादक मनिता चाम्लिङ्गले धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईलाई हस्तान्तरण गरेका हुन ।

छापा माध्यम संकटले बन्द अवस्थामा रहे पछि साप्ताहिकको अनलाइन संस्करण प्रकाशन हुदै.आएको छ ।
यो बर्ष लकडाउनले औपचारिक कार्यक्रम नभए पछि धरानका नागरिकलाई केही सहयोग होस् भनेर फुडबैंकमा खाद्यान्न सहयोग गरेको पत्रिकाकी सम्पादक मनिता चाम्लिङले जानकारी दिइन ।