वराहक्षेत्र । कोरोना लकडाउनले गर्दा बेरोजगार बनेका वराहक्षेत्रका किसानलाई फौजी किराले बारीमा लगाएको मकै सखाप बनाएपछि भोकमरी हुने त्रास फैलिएको छ ।

नगरपालिकाको वार्ड नम्बर १ को खारखोलाको करिब ४० बिघा खेतमा लगाएको मकै बारीमा आक्रमण गरेपछि,फौजी किरा नियन्त्रण गर्न नसकेपछि किसानमा भोकमरीको डर फैलिएको हो ।

दश दिन अघि खेतमा लगाएको मकै दुई पात नहुदै फौजी किराले आक्रमण गरेको स्थानिय किसान राम कुमार श्रेष्ठले बताए । बजारमा पाईने किटनाशक औषधी पनि लगाईयो । दुई देखि पांच पटक औषधी लगाउदा पनि किरामा कुनै असर नभएको राम कुमारले बताए ।

उनले बजारको औषधीले नभएपछि गौमुत्र लगायत विभिन्न घरेलु औषधी प्रयोग गरेका छौं । तर कुनै फरक नपेरेको बताए ।

स्थानियको प्रमुख बाली भनेको नै मकै हो , यस बाहेक अन्य कुनै उब्जनी हुदैन् । मकै पनि नरहने भएपछि हामी भोकै मर्ने अवस्था आउने उनले बताए ।

उनले भने  ' किरा नियन्त्रणको लागि हामीले स्थानिय वडा अध्यक्ष सुरेश श्रेष्ठलाई अवगत गराएका छौं , हामीले सबै उपाय गरिसक्यौं । नगरपालिकाले कृषि विशेषज्ञको समुह पठाएर छिटो भन्दा छिटो समस्या समाधान गर्नु पर्छ । वार्ड अध्यक्षले सचिव पठाउछौं भन्नुभयो तर अहिले सम्म काेहि पनि आएका छैनन्  ।'

नगरपालिकाको प्रकाशपुर लगायत विभिन्न स्थानमा लगाईएको बालीमा लागेको फौजी किरा खेत नै सखाप पार्दा सम्म कुनै नियन्त्रण गर्न स्थानिय निकायले कुनै ध्यान नदिएकोमा किसानहरुले गुनासो गरेका छन् ।