उर्लाबारी / उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफना उपभोक्तालाई दुई महिनाको निम्नतम महशुल छुट् गर्ने निर्णय गरेको छ ।
सो संस्थाका अध्यक्ष भूपाल जिमीको अध्यक्षतामा आइतबार बसेको कार्य समितिको बैठकले लकडाउन शुरु भएको २०७६ चैत्र र २०७७ बैशाख महिनामा उठेको बिलको निम्नतम महशुल छुट् गर्ने निर्णय भएको सचिव चिन्तामणी पौडेलले जानकारी दिए । साथै कार्यालय समेत दैनिक ११ बजे सम्म खुल्ला र धारा जडानका कामसमेत गरीने सचिव पौडेलले बताएका छन ।
हाल रहेका ४ हजार २४ घर परिवारलाई निम्मतमप्रति महिना १ सय ४५ रुँपैया छुट गर्दा संस्थालाई दुई महिनाको अवधीमा ११ लाख ६६ हजार ९ सय ६० रुपया व्ययभार हुने भएता पनि लकडाउनबाट प्रभावित बनेका उपभोक्ताको हितलाई ध्यानमा राखी उक्त निर्णय गरीएको अध्यक्ष जिमीले बताएका छन ।