धरान  / हङ्गकङमा कार्यरत धरान १५ निवासी खेम लिम्वु र उनकी श्रीमति रजना राइले धरान–१८ नं. वडालाई सहयोग गरेका छन् ।
उनीहरुले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएका विमारीहरुका कुरुवाका लागि उक्र आर्थिक सहयोग प्रदान गरेका हुन ।

उनीहरुल नगद ५० हजार रुपैया सहयोग प्रदान गरेका हुन । हाल हङ्गकङमा नै रहेका दम्पतिले तरुण दल सुनसरी कमिटि कार्यवाहक अध्यक्ष सन्तोष विक मार्फत १८ न. वडाध्यक्ष प्रविण राईलाई रकम हस्तान्तरण गरेका हुन ।

धरान–१८ का वडा अध्यक्ष राईको नेतृत्वमा दैनिक २ सयदेखि ५ सय जनालाई नियमित खाना खुवाउदैं आएका छन् । लकडाउनले अस्पताल नजिकका सबै होटलहरु बन्द रहेका कारण उनीहरुलाई खानाको समस्या भए पछि बडा अध्यक्षले वडा कार्यालयमै खाना बनाएर वितरण गदैं आएका छन् ।