कृषि तथा पशुपंक्षीसम्बन्धी
- खाद्य वस्तु र बाली लगाउने, पाकेको बाली भित्र्याउने कार्य
- पशुपंक्षीपालन, माछा, कुखुरापालन र बिक्रीविरतण
- फलफुल, तरकारी उत्पादन तथा बिक्रीविरतण
- दुग्धजन्य वस्तुको उत्पादन, सङ्कलन, भण्डारण र बिक्रीवितरण
- नर्सरीबाट बिरुवा उत्पादन, घाँस तथा दाना उत्पादन र बिक्रीविरतण
- कृषि बीउबिजन उत्पादन, भण्डारण र बिक्रीवितरण
स्वास्थ्यसम्बन्धी
– सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरु अस्पताल
– नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, डायग्नेस्टिक सेन्टर
– सबैप्रकारका खोप, अक्सिजनको उत्पादन तथा बिक्रीवितरण
– औषधि पसल, आयुर्वे्दिक र होमियोप्याथिक सञ्चालन, एग्रोभेट र भेटेनरी सञ्चालन
– जनक शिक्षासामाग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक बिक्रीवितरण गर्न अनुमति लिएका पुस्तक पसलहरु
ढुवानी सेवा
– कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवासँग सम्बन्धि ढुवानी साधन, भन्सारबाट जाँचपास भई आएका उद्योग मालसामान बोक्न अनुमति
– पानी, ग्यास, पेट्रोलियम पदार्थ, औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकारण लाने र ल्याउने, कृषि सामग्री एवम् प्राङ्गारिक मल बोकेका साधन, एम्बुलेन्स सेवा, जनक शिक्षा सामाग्रीले अनुमति दिएका विद्यालयका पाठ्यपुस्तक ढुवानी गर्ने अनुमति
विकास आयोजना सम्बन्धी
–राष्ट्रिय गौरवका आयोजनाहरु सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत सिँचाइ, खानेपानी, विमानस्थल, सडक र पुल, सरकारी भवन निर्माण र सबलीकरण गर्न अनुमति
–यी काम गर्न एकस्थानमा अधिकतम १० जनाभन्दा नबढ्ने गरी काम गराउने, दैनिक अनिवार्य स्वास्थ्य परीक्षण गर्ने, एकै ठाउँमा बस्ने व्यवस्था मिलाउने, श्रमिकलाई कार्यस्थलमै खाना र खाजाको व्यवस्था मिलाउने निर्णय भएको छ । स्थानको अभाव भएमा सार्वजनिक, सरकारी र निजी विद्यालयको खाली भवन प्रयोग गर्न सकिने तर स्थानीयसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था मिलाउने, यससम्बन्धी सम्पूर्ण व्यवस्थाको खर्च सम्बन्धित निर्माण व्यवसायीले नै मिलाउनुपर्ने निर्णय भएको छ ।
ढुङ्गा, गिटी र बालुवा उत्पादन र वितरणसम्बन्धी
– ढुङगा, गिट्टी र बालुवा उत्पादन, सङ्कलन र बिक्रीवितरण गर्न पाउने
– सिमेन्ट उद्योग सञ्चालन गर्न पाउने र आवश्यक सामग्री उत्पादन गर्न दिने
– नदी नियन्त्रणसँग सम्बन्धित कार्य गर्न सकिने र आवासस्थलदेखि निर्माणस्थलसम्म आवत जावत गर्न सुरक्षित तरिकाले श्रमिकलाई आवत जावत गर्ने व्यवस्था उद्योग सञ्चालकले मिलाउनुपर्ने
सार्वजनिक सेवासम्बन्धी
– बैंक तथा वित्तीय संस्थाहरु बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अति आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने
– अतिआवश्यक पर्ने सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानले आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीबाट सुरक्षित रुपमा सेवा सञ्चालन गर्ने
औद्यौगिक उत्पादनसम्बन्धी
– औद्योगिक उत्पादनमा लकडाउनको अवधिभर श्रमिकलाई छुट्टै स्थानमा राख्ने, सम्बन्धित पालिकासँग समन्वय गरी सरकारी भवनमा बस्ने व्यवस्था गनुपर्ने
– सुरक्षित आवास र खानाको व्यवस्था गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, कार्यस्थललाई अनिवार्य स्यानिटाइज गर्नुपर्ने
– चामल, दात, पाउरोटी, पिठोलगायतका खाद्य सामग्री र सिमेन्ट उद्योग सञ्चालन गर्ने
– साना तथा घरेलु उद्योग, निर्माणजन्य उद्योग, विशेष आर्थिक क्षेत्रमा सञ्चालित विकाससम्बन्धी, सिमेन्ट उद्योग खोल्ने दिने, बढीमा पाँच जना मानिस कामदार रहने गरी सवारी साधन मर्मत गर्ने वर्कशप, इन्टरनेट सेवा र इलेक्ट्रोनिक सेवा सञ्चालन
राजमार्गका होटल र रेस्टुरेन्ट सम्वन्धी
सरकारले ढुवानी साधनका चालक तथा अति आवश्यकीय काममा हिँड्ने व्यक्तिलाई खानका लागि राजमार्गमा होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । त्यसका लागि स्थानीय प्रशासनले राजमार्ग र सहायक राजमार्गमा कम्तीमा ५० किलोमिटरको दुरीमा पालिकाले तोकेको स्थानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अवलम्बन गर्नुपर्नेछ । तोकिए बमोजिम सवारी चालकले सवारी साधन मर्मत गर्ने वर्कशप, पेट्रोल पम्पमा रोक्न र होटलबाट खानाको प्याकेट लिन सक्ने गरी निर्धा्रित समय र स्थानमा रोक्न पाउने निर्णय भएको छ ।
पूर्णरुपमा बन्द रहने स्थलहरु
– विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था,
– तालिम तथा प्रशिक्षण केन्द्र,
– गैरखाद्यवस्तु बिक्रीवितरण गर्ने व्यावसायिक मलहरु
– होटल, बार, रेस्टुरेन्ट, स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रङ्गशाला, जिम सेन्टर, ब्युटी पार्लर
– आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान
– केवलकार र रेलसेवा ।