धरान । किराँत धर्मका संरक्षण गुरु लाफयङ देवबहादुर तुम्बापोको निधनपछि श्रद्धाञ्जली दिने क्रममा विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा गलत तथा भ्रामक कुरा प्रचार गरिएको भन्दै किरात सत्यहाङ्मा आस्थावानहरूले आपत्ति जनाएका छन् ।

तुम्बापोलाइ आत्मानन्द लिङ्देनको चेला भनेर प्रचार गरिएको भन्दै सत्यहाङ्मा आश्थावानहरूले विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् । बास्तविकता नबुझी गलत तरिकाले प्रस्तुत गर्दा धार्मिक सद्भाव बिग्रिने भएकाले सचेत गराइएको छ । गुरुको प्रतिष्ठा र योगदानमा आँच आउने गरी यस्ता भ्रामक कुरा प्रचार नगर्न र यस्ता प्रचारका पछि नलाग्न पनि सत्यहाङ्माहरूले आग्रह गरेका छन् ।

यस्ता गलत भ्रामक सन्देश पुनः सम्प्रेषण नगर्नका लागि पनि सचेत गराएको छ । गुरु राष्ट्र विभूति महागुरु फाल्गुनन्द उनको जीवनी लेखक गुरु बदृनन्द तुम्बापोको अनुयायी र चेला रहेकोसमेत विज्ञप्तिमा जानकारी गराइएको छ ।