उर्लाबारी/लकडाउनबाट प्रभावित बनेका उर्लाबारी नगरपालिकाका ८० विपन्न परिवारलाई सहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापाले राहत प्रदान गरेको छ ।

संस्थाको एकको लागि एक अभियान अन्र्तगत नगरपालिकाको वडा नं. ४ मा पहिलो चरणमा शुक्रबार ४० परिवारलाई प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २ वटा साबुन र १ लिटर तेलसहितका खाद्यान्न वितरण गरेको वडा सदस्य कल्याण राईले बताए ।

सो संस्थाले दोस्रो चरण अन्र्तगत बाँकी रहेको ८ वडामा प्रति वडा ५ परिवारका दरले राहत वितरण गर्ने नगर प्रमुख खड्ग फागोसँग सहमति भएको छ । संस्थाका उर्लाबारीस्थित मंगलबारे सेवा केन्द्रका प्रमुख रोशन ढुङ्गानाले वडा कार्यालयले नगरपालिकामार्फत राहत प्राप्त नगरेका विपन्न परिवारको नामावली उपलब्ध गराएपछि राहत वितरण गर्ने बताए ।

संंस्थाले नहुनेलाई सहयोग गर्ने कार्यक्रम संचालन गरी संस्था, कर्मचारी र सहयोगी हातहरूबाट सहयोग संकलन गरी झापा र मोरङका लकडाउनबाट प्रभावित बनेका एक हजार विपन्न परिवारलाई राहत उपलब्ध गराएको संस्थाले जनाएको छ ।