कालाबन्जार । वराहक्षेत्र–५ को कोमल साना किसान तथा कृषि सहकारी संस्था लिमिटेडले किसानलाई १० प्रजातिको धानको बिउ सहुलियत दरमा उपलब्ध गराउँदै छ ।

किसानहरूलाई धानको ब्याड राख्ने समय आएकाले बिउ उपलब्ध गराउन लागेको हो । लकडाउनले धानको बिउ बिक्रीवितरणमा समस्या भएकाले किसानहरूलाई सहज रूपमा बिउ उपलब्ध गराउन लागिएको हो । सहकारीका अनुसार लल्का बास्मती, स्वर्ण सब २, सुख्खा १३, राधा १२, कान्छी मन्सुली, गरिमा, रन्जित, सोना सर्नालगायत धानको बिउ सहुलियत दरमा बिक्री गर्न लागिएको हो ।

लकडाउनको बन्दका कारण इटहरी, इनरुवा, झुम्काबाट बिउ किन्नु बाध्यतालाई हटाउनका लागि सहकारीले समन्वय गरिरहेको सदस्य अञ्जु बस्नेतले जानकारी दिइन् । उचित मूल्यमा समयमै ब्याड राख्न सकुन् भन्ने सहजता बनाउने प्रयास गरेको संस्थाका अध्यक्ष पदमबहादुर श्रेष्ठले बताए । सदस्यहरूले माग फारम भरेअनुसार ७ हजार १ सय ५७ किलो धानको बिउ वितरण हुन लागेको छ ।

kisan_seeds_handover (1)