भण्टावारी / यति बेला स्थानीय तरकारी संकलन केन्द्र बन्द भएर नेपाली किसानको तरकारी खेतबारी मै सडिरहेको छ । कृषकले उत्पादन गरेको तरकारीले बजार पाएको छैन् । उनीहरु गाईभैसीलाई तरकारी खुवाउन बाध्य भएका छन् । तर सरकार भने भारतबाट दैनिक हरियो तरकारी भित्राइरहेको छ ।

कतिपय स्थानमा त विषदीसमेत परीक्षण गरिएको छैन् । नेपाली भान्सामा प्रायःभारतीय तरकारीले नै कब्जा जमाएको छ । धरानको कृषी उपज बजार व्यवस्थापन समितिले भारतको तरकारी नआएको दावी गरे पछि दक्षिण क्षेत्रबाट आयत हुदैं आएको आलु प्याज, करेला, हरियो खुर्सानी, कटहर, पर्वल, भिण्डीलगायतको तरकारी सबैभारतबाट आएको हो ।
ुसुनसरीको भण्टावारी नाकाबाट दैनिक ५ ट्रक तरकारी नेपाल निर्यात हुदै.आएको छ ।

लकडाउनले ५० प्रतिशत आयत कम भए पनि आउन भने छाडेको छैन् । सुनसरी भन्सार कार्यालयका नासु लक्ष्मण तामाङका अनुसार भारतबाट दैनिक ४÷५ गाडी तरकारी आउने गरेको छ । भारतबाट आलु प्याज, करेला, हरियो खुर्सानी, कटहर, पर्वल, भिण्डी आउने गरेको नासु तामाङले जानकारी दिए ।

भारतबाट आएका तरकारको विषाधी परीक्षण भने झापामा रहेको प्रयोगशालामा किट आभाव भएको खवर आए पछि गत बैशाख २१ गतेदेखि सल्लाहीको नवलपुरमा परीक्षण गरेर आयत गदैं आएको नासु तामाङले जानकारी दिए ।