धरान  / कोराना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले २५ लाख राहत दिने निर्णय गरेको छ । आज भएको वोर्ड वैठकले २५ लाख मध्ये संघीय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख रुपैया प्रदान गर्ने निर्णय भएको संस्थाकी अध्यक्ष भगवति चौधरीले वताइन ।  

उनका अनुसार वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहको प्रदेश नं. १ मा प्रदेश सरकारलाई १ लाख र कोरोना प्रभावितलाई राहत वितरणका लागि १ लाख गरी जम्मा २ लाख सहयोग गर्ने निर्णय गरिएको छ । प्रदेश नं. २, ३, ५ र सुदुरपश्चिम प्रदेश सरकारलाई १÷१ लाख रुपैया तथा गण्डकी र कर्णलीप्रदेशमा रहेको शाखाकार्यालय मार्फत स्थानियतहलाई राहतका लागि रकम प्रदान गर्ने निर्णय भएको फरवार्डका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले बताए ।

“अहिलेको अवस्थामा कोरोना भाइरस माहामारीबाट मुलुक र जनतालाई कसरी बचाउने भन्नेमा सवैको ध्यान केन्द्रित भएकोले संस्थाका तर्फवाट संघीय र प्रदेश सरकारलाई राहतप्रदानगर्ने निर्णय गरेकाहौ ”चौधरीले वताए । यसैबिच फरवार्डले चैत्र देखि असार सम्मको ब्याज ऋणमा ३ प्रतिशत छुट दिने समेत निर्णय गरेको छ ।

बोर्ड बैठकले विभिन्न क्षेत्रमा लगाएको कर्जामा ३ प्रतिशत ब्याजमा छुट दिने निर्णय गरेको हो । कोरोना भाइरसको उपचारमा संलग्न चिकित्सक, कर्मचारी तथा सुरक्षानिकायलाई ब्यक्तिगत सुरक्षा (पिपिई) सामग्री समेत दिने निर्णय गरेको छ । 'मुलुकलाई विपत्ती परेको बेला नीजि क्षेत्रले पनि सामाजिक उत्तरदायित्व अन्तरगत राज्यलाई सहयोग गर्नुपर्छ भन्ने अभिप्रायले राहतदिने निर्णय गरेका हौ ।’– पूर्व राज्यमन्त्री तथा नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी नेतृ चौधरीले भनिन ।