धरान / धरान १८ न. वडा समिति कोरोना राहत कोषलाई युकेवाट आर्थिक सहयोग प्रदान गरेका छन् ।
धरान १८ निवासी हाल युके वस्दै आएका पूर्व व्रिटिस गोर्खा सैनिक काजी राई र पदम राईको संयोजनमा नगद १ लाख १ हजार २ सय ५० रुपैया राहत कोषका लागि प्राप्त भएको धरान १८ का वडा अध्यक्ष प्रविणकुमार राईले जानकारी दिए ।
सयहोग रकम युके वस्दै आएका १८ न. वडा निवासीहरुवाट संकलन गरिएको काजी राईले जानकारी दिएका छन् । आर्थिक संकलन संयोजक काजी राई आफैले नगद ५० हजार, पदम राई वाट १५ हजार, पञ्चधन राई १५ हजार, दोर्जमान राई १५ हजार, रविन परिवार १५ हजार, सन्तोस राई ४ हजार ५ सय र राम राई वाट ३ हजार ७ सय ५० रुपैया प्राप्त भएको संयोजक राईले जनाए ।
१८ न. वडा कोरोना राहत कोषमा अहिलेसम्म जिन्सि र नगद गरि ३ लाख रुपैया वरावर जम्मा भइसकेको १८ न. वडाध्यक्ष राईले जानकारी दिए ।
राहत कोषवाट समितिले लकडाउनका कारण समस्यामा परेका आफ्नो वडाका अति विपन्न परिवारहरुलाई खाद्यान्न उपलव्ध गराउने, विपि प्रतिष्ठानमा आउने विरामी कुरुवाहरुलाई विहान र वेलुका खाना खुवाउने र मास्क, सेनिटाइजर र पञ्चा वितरण गर्ने कार्य भइरहेको वडाध्यक्ष राईले जनाए ।
१८ न. वडा समितिले अहिलेसम्म आप्mनो वडाका लगत संकलन भएका २ सय २३ घर परिवारलाई दुई पटक राहत उपलव्ध गराइसकेको र तेस्रो चरणको राहत वितरणको लागि तयारी भइरहेको समितिले जनाएको छ ।
१८ न. वडाले आप्mनो वडाको छुट्टै स्थापना गरेको कोरोना राहत कोषमा वडाध्यक्ष आफैले एक महिनाको तलव र चार जना जनप्रतिनिधिहरुले जनाही दश हजार रुपैया जम्मा गरेर राहत कोषको सुरुवात गरेका थिए ।