धरान /  सुनसरी उद्योग बाणिज्य संघको पहलमा धरानका खाद्यान्न व्यवसायी संचालनमा ल्याइने भएको छ । केही सर्तहरुसहित पसलहरु संचालन गर्न संघले अनुमति दिने भएको छ । त्यसका लागि खाद्यान्नको दरभाउ रेटसमेत आज सार्वजनिक गरेको छ ।

दर रेटमाएकरुपताल्याउन धरान बजारमा लागुहुने गरि भोलि वैशाख २३ गतेदेखि खाद्यान्नको खुद्रा दररेट निष्काशन गरेको हो ।
व्यवसायीहरुले आफूखुशी खाद्य वस्तुहरु बेचिरहेको गुनासो आइरहेकोले दररेटमा रुकरुपता आओस् भनेर दरभाउ ल्याइएको सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक शिवराज श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले खाद्यान्नहरुमा थोकमूल्यमा उतार चढाव आएमा मूल्यसुची हेरफेर हुन सक्ने समेत जनाएका छन् ।

साथै यस सम्बन्धमा व्यवसायीहरुले यस भाउ अनुसार बिक्री वितरण नगरेमा उपभोक्ताहरुले सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवाललाई ९८५२०४७४८४ र अनुगमन समितिका संयोजक शिवराज श्रेष्ठलाई ९८५२०४५४५९ मा सिधै सम्पर्क गर्न सकिने कार्यसमितिका सदस्य विष्णु बरालले बताए ।

यस्ता छन् सर्तहरु

धरान उपमहानगरपालिकामा सम्पन्न बैठकले हालै लकडाउनको क्रममा दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न धरान भरिका खाद्यान्न पसलहरु बिहान ६ः०० देखि ९ बजेसम्म खोल्ने भन्ने निर्णय अनुसार पसलेहरुले निन्न सर्तहरुपालना गर्न संघले आग्रह गरेको छ ।
१) हरेक प्रोप्राईटरले पसल खोल्न वडा कार्यालयबाट अनिवार्य स्वीकृति लिनु पर्नेछ ।
२) सुनसरी उद्योग वाणिज्य संघबाट उपलब्ध गराईएको मूल्य सुचि लिई अनिवार्य रुपमा सबैले देख्नेगरि राख्नुपर्नेछ ।
३) पसल भित्र भिडभाड नहोस् भन्ने हेतुले पसल अगाडि डोरी लगाई पसल भित्र जान रोक लगाउनु पर्नेछ ।
४) पसलमा सामाजिक दुरी (१ मिटर) कायम गर्नुपर्नेछ ।
५) पसलमा बस्ने व्यवसायी र कर्मचारीहरुले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनु पर्ने छ ।
६) पसल अगाडि हात धुने साबुन, पानी र तौलिया राख्न ुपर्नेछ ।
७) पैसाको कारोबार गरिसकेपछि सेनिटाईजर प्रयोग गर्नुपर्नेछ ।
८) गुणस्तरीय र म्याद नगुज्रिएका खाद्य वस्तुमात्र बिक्री गर्नुपर्नेछ ।

Rate - Baisakh 23