धनकुटा / धनकुटा नगरपालिकाले नगर क्षेत्रमा रहेका लकडाउनको कारण समस्यामा परेको मजदुरहरुलाई राहात स्वरुप दैनिक रोजागारीको व्यवास्था मिलाएको छ ।
नगरको विभिन्न वडामा लकडाउन प्रभावित सयौ मजदुरहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सामाजिक दुरी कायम हुने गरी परिचालन गरिने नगरपालिका कार्यालयले जनाएको छ । लामो समयदेखिको लकडाउनको कारण आर्थिक समस्या झेल्दै आएका वेरोज्गार मजदुरहरुलाई रोजगारी उपलव्ध गराएर सहज वातवरण सृजना गर्न विकास निर्माणको कामममा परिचालन गरिएको धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले वताए ।
उनले मजदुरलाई राहात सामाग्री भन्दा पनि रोजगारीको व्यावस्था मिलाई दिदा सरकार र मजदुर दुवैलाई फाईदा मिल्ने भएकाले दैनिक ज्यालादारीको हिसावले काममा परिचालन गरेका छौं । प्रमुख तामाङले भने–मजदुरले सामाजिक दुरी कायम गर्दै काम गर्दा उनीहरुलाई जोखिम नहुने रोजागारीले राहात पनि मिल्ने हुनाले काममा खटाएको छौं ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गएको सोमवारदेखि २५ जना मजदुरलाई दिनको ६ सय ५० ज्याला दिने गरी रोजगारीको व्यवस्था गरिएको छ । उनीहरुलाई जम्मा ६० दिनको रोजगारी मिलाइएको छ । उनीहरुलाई धनकुटा नगरपालिका वडा नं.८ मा पर्ने घुमाउने मुलघाट सडकमा सोलिङ गर्ने काम गर्दैछन् । त्यसैगरी धनकुटा न.पा.–५ विहिवारे हटिया नगरपालिका सडक र धनकुटा–४ मैनाली चोकको सडकमा सोलिङ्ग भर्ने काम गर्ने छन् । देश भर लागु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकाले लकडाउनको अगावै मजदुरहरुलाई सूचिकृत गरेको थियो ।
सुचिकृत भएका मजदुरहरु मध्ये प्राथमिकताको आधारमा राहात स्वरुप सामाजिक दुरी कायम गरेर १५/१५ दिनमा परिश्रमिक दिने गरी रोजागारीको व्यवास्था मिलाइएको वताइएको छ ।