उर्लाबारी/उर्लाबारीको मदन भण्डारी स्मृति प्रतिष्ठान स्कूल अफ एग्रीकल्चरले मकैको बिउ उत्पादन शुरु गरेको छ ।

कृषकलाई समयमा मकैसहितका अन्नबालीको बिउ सहज किसीमबाट उपलब्ध गराउने उदेश्यले उत्पादन शुरु गरेको प्रतिष्ठानका प्रशासन प्रमुख मेघराज श्रीपालीले बताए । रामपुर हाईब्रिड टेन जाति नामको बिउ उत्पादनको लागि यसवर्ष उर्लाबारी–३ मंगलबारेमा १६ कठ्ठा क्षेत्रफलमा उत्पादन शुरु गरिएको हो । राष्ट्रिय मकैबाली अनुसंन्धान केन्द्र रामपुर चितवन तथा अन्तराष्ट्रिय मकै एवं गहुँबाली अनुसंन्धान केन्द्र मेक्सिको (सिस) परियोजनाको सहयोगमा आर.एम.एल.१५० र आर.एम.एल. १८ को पराग सेचन प्रविधिबाट मकैको बिउ उत्पादन गरिने उक्त स्कूल अफ एग्रीकल्चरका संयोजक गोविन्दराज सेडाईले बताए ।

हिउदको मंसिरदेखि बैशाख महिनाकोे अवधिमा तयारी हुने उक्त नमुना बिउ उत्पादनको अध्ययन एवं अनुगमनका लागि अनुसंन्धान केन्द्रका प्रमुख डा.केशव कोइराला, सिसाका प्रतिनिधि हरिकुमार श्रेष्ठ, कृषि विज्ञ रामाशेस साहले गरेकाे संयोजक सेडाईले यो बर्ष २ टन बिउ उत्पादन हुने बताए । उक्त जातको मकैको बिउले प्रति हेक्टर १० देखि ११ टन मकै उत्पादन हुने समेत संयोजक सेडाईले बताए । उक्त जातिको मकै पाके पनि बोट हरियो हुने हुदा गाई बस्तुहरूको लागि समेत उपयोगी हुने दाबी गरेका छन् ।

जननेता मदन भण्डारीको स्मृतिमा २०५० सालमा उर्लाबारीमा स्थापित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालमा आधा दर्जन प्राविधिक तथा इन्जिनियरिङ बिषयहरूमा अधिराज्यका बिद्यार्थीहरू अध्ययन गरी आत्मनिर्भर हुँदै आएका छन् ।