धरान । संघीय मामिला सामान्य प्रशासन धरान बजारबाट विष्णुपादुका जाने सर्दु खोलाको पुल निर्माण अन्तिम चरणमा धरान संघीय मामिला सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको बजेटले धरान ११ मंगलबारे स्थित धरानको २० नं. वडा बिष्णुपादुका जोड्ने सर्दु खोलाको पुल लकडाउनमा पनि धमाधम काम भइरहेको छ ।
८ करोड ४० लाखको लागतमा पुल निर्माण कार्य भैरहेको संघीय सांसद जयकुमार राईले जानकारी दिए । यो असार अगाडी नै सक्ने गरि काम भइरहेको उनले जानकारी दिए । गत २०७४ सालमा कार्की बन्धु कन्ट्रकसनले ठेक्का पाएको पुलेको निर्माण लकडाउनमा पनि नरोकिएको कमपनिले जनाएको छ । सरकारले ठूलो आयोजनाहरु सूचारु राख्ने जनाए पछि नियमित काम भएकाे हाे । यसको ठेक्का यही चैत महिनामा सकिएको छ ।
लकडाउनले केही दिन रोकिएको थियो । विहीबार उक्त पुलको संघीय सांसद राई, नेकपा जिल्ला सदस्य तथा नगर इञ्चार्ज चोत्लुङ, नगर अध्यक्ष नारायण सुवेदीफगायतले अनुगमन गरेका थिए ।
पुल बने पछि विष्णुुुपादुकाका उत्पादन धरान बजार ल्याउन सहज
यस खोलामा पुल अभावमा धरानको धार्मिक पर्यटकीय स्थल विष्णुपादुका पुग्न समस्या हुदैं आएको थियो । यहाँसम्म पुग्न ट्याक्सीहरु लाग्ने गरेका छन् । पानी परेका बेला धरान बजारबाट जान सक्दैनन् । तर अव पुल बने पछि धरान–विष्णुपादुकका मन्दिर यात्रा सहज हुने छ । विष्णुपादुका अदुवा र बेसारको जोन पनि हो । पुल बने पछि यहाँका उत्पादन धरान बजारमा सहज रुपमा ल्याएर विक्रि गर्न सकिने नेकपा जिल्ला सदस्य चोत्लुङले बताएका छन् । पुल निर्माण पछि धनुकटाको आहाले, भोजपुरको गाउँसँग सिधासम्पर्क गर्न सहज हुने बताइएको छ ।
https://m.youtube.com/watch?feature=youtu.be&v=OKieWZikqvU