यासोक / पाँचथरको कुम्मायक गाउँपालिकामा केन्द्र यासोकमा सडक निर्माणको निकास खुलेको छ । लामो समयदेखि विवादित बन्दै आएको यासोक फिदिम कालो पत्रे सडकको निकास खुलेको हो । सड्क आसपास रहेका घर घडेरीहरु जोखिममा पर्ने भन्दै स्थानीयले सडकको काममा बाधा पु¥याँउदै आएका थिए । समस्या समाधान गर्न धेरै पटक बैठक भए पनि सहमति हुन सकेको थिएन ।
गाउँपालिकाले घर टहरा हटाउँन सुचना नै गरेको थियो । तर पुनः अन्तिम पटक भन्दै गाउँपालिकाको सकृयतामा जग्गाधनीहरुसँग छलफल अघि बढाई निकास निकालेको हो ।
गाउँपालिकाको केन्द्रबाट सदरमुकाम जोड्ने एक मात्र यासोक फिदिम सडक कालो पत्रेको काम हुदै आएको छ । यासोक बजार र रानीगाउँ वडाको तीनदिन बजारमा सडक निर्माणको विषयलाई लिएर लामो समयदेखि विवाद थियो । डिपिआर भैइसकको सडक आसपासमा स्थानीयले घर निर्माण गर्नुका साथै घडेरी खरिद गरेका थिए । सडकको मापडण्ढ विपरित बनाइएका संरचान हटाउँने यस अघि नै गाउँपालिकाले सबै घर धनी र जग्गा दातालाई पत्रचार गरी सुचना गरेको थियो ।
सडकको बीच केन्द्रविन्दु बनाई दायाँ र बायाँ ८ मिटरसम्म कालो पत्रे गर्ने, सडकको दुवै तर्फ भएका घरको मुल गाह्रो र पिल्लरमा पेटी कम क्षतिमा सडक निर्माण गर्ने, गर्दा घरको पेटी र बरेन्डा बचाउने गरि सडक निर्माण गर्न सहमति भएको छ ।
प्रदेश सरकारको ५३ करोड ३३ लाख ६ हजार ४ सय ७१ भ्याट सहितको रकमबाट लामा च्याङमिला जेभीले सोही सडकमा कालो पत्र्रेको काम गर्दै आएको छ । फिदिम यासोक सडकको यासोक सरखण्डेसम्मको ११.३१० किलोमिटर सडक कालो पत्र्रे हुने भएको छ । कुम्मायक ४ रानीगाउँको तीनदेन बजार र यासोक बजाजरको रानीगाउ लाईनका घर घडेरीहरुमा सडकले क्षति पु¥याउँने भएपछि बिवाद बढेको थियो