ब्लाष्टखबर ।  विद्युत प्राधिकरण धरान शाखाले आफ्नो घरमा रहेको मिटरमा खपत भएको अंक प्राधिकरणलाई टिपाउन अनुरोध गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवस्थामा प्रधिकरणका मिटर रिडर घर–घर आएर मिटर रिडिङ्ग गर्न नसकिएको बताउदै प्राधिकरणको धरान शाखाले ग्राहकहरुले आफ्नो मिटरमा खपत भएको अंक ग्राहक नम्बर वा आइडिसहित कार्यालयको टिपाउन अनुरोध गरेको हाे ।

ग्राहकहरुले कार्यालय समयमा कार्यालको फोन नम्बर ०२५–५२०२३०, प्राधिकरणको धरान शाखाको फेसबुक पेज ( विद्ययुत प्रधिकरण धरान) वा प्रधिकरणको इमेल [email protected] मा उक्त अंक टिपाउन सकिने प्रधिकरणका धरान  केन्द्र प्रमुख प्रताप अधिकारीले जानकारी दिएका छन् ।

यदि कुनै पनि ग्राहको कुनै पनि माध्यमबाट विद्युत खपत भएको अंक नटिपाए प्रधिकरणको रेभिन्यु सफ्टवेरमा विगतको महिनाको बराबरी हुनेगरी अपडेट गरिने भएकाले प्रधिकरणले  यस्ताे अनुराेध गरेकाे हाे । 

आफूले खपतको विद्ययुतको महसुल विभिन्न अनलाइन माध्यबाट ग्राहकहरुले १ लाखसम्मको भुक्क्तानी गर्न सकिने बताउदैं अधिकारीले १ लाख भन्दा माथीको भुक्तानी गर्ने ग्राहकहरुले भने कार्यलयमा समन्यन गर्न अनुराेध गरेकाे छ ।  मेघा बैकमा रहको कार्यालको खाता नम्बर ०२२००१०१६५६४४ मा जम्मा गरी भुक्तान गर्न सकिने बताएकाे छ ।