धरान । धरान–११ सङ्घर्षचोकको टोल विकास संस्था (टिएलओ) ले धरानका विभिन्न स्थानमा खाद्यान्न सामग्री वितरण गरेको छ ।

संस्थाले धरान–३ को सरस्वती बाल आश्रम, धरान–११ का अतिविपन्न तथा एकल महिलालाई खाद्यान्न वितरण गरेको हो । संस्थाले सरस्वती बाल आश्रममा आश्रित बालबालिकालाई लक्षित गर्दै एक सय केजी चामल, ४५ केजी दाल, ५० केजी आलु, १ कार्टुन तेल, १ कार्टुन लुगा धनुे साबुन र एक दर्जन नुहाउने साबुन र १० केजी नुन वितरण गरिएको अध्यक्ष शिवकुमार राईले जानकारी दिए ।

त्यस्तै धरान–११ का अतिविपन्न अपाङ्ग तथा एकल महिला गरी ५ परिवारका सदस्यलाई खाद्यान्न वितरण गरिएको थियो । अध्यक्ष राईका अनुसार उनीहरूलाई प्रतिपरिवार १० केजी चामल, ढेड केजी दाल, एक केजी नुन र एक केजी आलु प्रदान गरिएको हो । टिएलओले आफ्नो क्षेत्रभित्र रहेकाहरूसँग २८ हजार ७७० रुपैयाँ आर्थिक संकलन गरेर सहयोग गरिएको सल्लाहकार रमिला कुलुङ राईले बताइन् ।

उनका अनुसार टिएलओले वचत कार्यक्रमसमेत गर्दै आएको छ । आउँदो वैशाख २७ गते लाङ्घाली सामुदायिक वनमा राखिएका सडक मानवलाई पनि सहयोग गर्ने योजनामा टिएलओ रहेको छ ।

help_handover_dharan (2)