कालाबन्जर / रामधुनी नगरपालिकामा लकडाउन प्रभावित परिवारको नाममा भएको राहत वितरण लापर्वाही भएको आराेप लागेको छ । वडा कार्यालयले हुँदा खानेलाई भन्दा पनि हुनेखानेलाई राहत वितरण गरेको पाइएको छ ।
बुधबार उपमेयर सबिना चौधरीको नेतृत्वमा राहत दाता र पार्टी प्रतिनिधिसहितको अनगुमनबाट बर्षभरीनै हुनेखाने पुग्ने, तीनतले पक्कीघर भएका, आफनै खेतीपाति गर्ने जग्गा भएका, ब्यापार ब्यवसाय गरिरहेकाहरुलाई राहत वितरण गरेको पाइएको हो ।
पहिलो चरणमा वडाकार्यालयहरुबाट नगरभरी ७ हजार ३ सय ६६ संख्यामा राहत वितरण भएको छ ।
अति बिपन्न परिवार जस्को घरमा दुईछाकसम्म खाने व्यवस्थापन गर्न समस्या भएको परिवारले राहत नपाएको स्थानीयले बताएका छन् । कतिपय वडाहरुमा आफन्त, नजिकका चिनेकालाई राहत दिएको पाइएको छ ।
राहत वितरण हुनु अगाडी नै हुनेखानेहरु पनि नाम टिपाएको जानकारी प्राप्त हुँदाहुँदै नगरपालिकाले चासो नदिनु गम्भिर लार्वाही भएको अनुगमनमा सहभागी नेपाली कांग्रेस नगर समिति रामधुनीका सभापति सुदिप अधिकारीले बताए । रामधुनी वडा नं २ का आदर्श टोल, शिवनगर पूर्व, बिच्ला, करमैनिया, कामत टोल विकास क्षेत्रमा गरिएको थियो । वडा नं ५ का बुद्धटोल, डाकिनथान, सुगम, इन्द्रेणी टोल विकास वडा नं १ का डुमैरीया, पुरानो भादगाउँ, नयाँ भादगाउँ, मिलन टोल विकासमा अनुगमन गरिएको थियो । वडा नं ३, ४, ६, ७, ८ र ९ मा समेत लापारवाही भएको अधिकारीले बताए ।
अनुगमनमा अनुगमन संयोजक तथा उपप्रमुख सबिना चौधरीको नेतृत्वमा नेपाली कांग्रेस नगर समिति सभापति सुदिप अधिकारी, नेकपा नगर समिति सचिव उत्तम पौडेल, झुम्का उद्योग बिणिज्य संघ प्रतिनिधि दुर्गा फुयाल, प्रशासन अधिकृत बिनय परियारलगायतका सरोकारवाला प्रतिनिधिहरु सहभागीता रहेको थियो ।