कालाबञ्जार । थारू कल्याणकारिणी सभा गाउँ इकाई समितिले रामधुनी नगरपालिकालाई राहत प्रदान गरेको छ ।
साविक भासी गाविस एकाइ, सिंगिया गाविस एकाइ, बक्लौरी गाविस एकाइ र डुम्राहा गाविस एकाइको संयुक्त पहलमा राहत संकलन गरी १२ सय केजी चालम र १ सय केजी नुन वितरण गरिएको हो । रामधुनी नगरका प्रमुख जयप्रकाश चौधरी र उपप्रमुख सविनाकुमारी चौधरीलाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ ।
कल्याणकारिणीका जिल्ला कोषाध्यक्ष एवम् राहत कार्यक्रम संयोजक तारादेवी चौधरीले सामग्री हस्तान्तरण गरिन् । करिब ५६ हजार रुपैयाँ बराबरको सामग्री दिइएको उनले बताइन् । राहत सामग्री विपन्न तथा दैनिक ज्यालादारीमा कार्यरतहरूलाई दिइने नगरपालिकाले जनाएको छ ।