उर्लाबारी । उर्लाबारी नगरपालिकाको विपद कोषमा विभीन्न संघसंस्थाहरूले आर्थिक सहयोग जम्मा गर्ने क्रम जारी रहेको छ ।
यसैक्रममा बुधबार २ लाख ५४ हजार ८० रुपया प्राप्त भएको नगरपालिकाका अधिकृत भरत अधिकारीले बताएका छन् । लकडाउन बाट प्रभावित बनेका बिपन्न परिवारलाई खाध्यन्न सहयताका लागि उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १ लाख ५५ हजारको चेक अध्यक्ष भुपाल जिमीले नगर प्रमुख तथा बिपत कोषका संयोजक खड्ग फागोलाई प्रदान गरको छन् । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण. दल नगर समिति उर्लाबारीका सभापति रोहीत कार्कीले पनि दलको तर्फबाट ५१ हजार ५ सय रुपया नगर प्रमुख फागोलाई हस्तान्तरण गरेका छन् ।
यसरी नै उर्लाबारी–७ का नारायण लिम्बूले १५ हजार ८० रुपैयाँ, मेजर मानबहादुर राईले १० हजार, भीमबहादुर गुरुङले ५ हजार, गणेश लिङ्थेपले ५ हजार, उर्लाबारी–५ का खामबहादुर राईले ५ हजार, मेनुका जिमीले ५ हजार र तारा जिमीले २ हजार ५ सय प्रदान गरेका हुन् ।