धरान / लकडाउनको मौका छोपी धरानका व्यपारीहरुले कालोबजारी शुरु गरेका छन् । केही व्इापारीहरुले आफुखुशी लकडाउन मौका छोपेर ५० प्रतिशतसम्म मूल्य बढाएर विक्रि वितरण हुने गरेका पाइएको छ ।
सो विषयमा धरान उपमहानगरमा उजुरीआए पछि उपमहानगरपालिका मातहतको अनुगमन समितिले पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर मञ्जु भण्डारी नेतृत्वको समितिले आज अनुगमन गरेको छ ।
वडा न ९, आचार्यलाइन, धरानको वडा नं १२ मा गीता मन्दिर लाइनमा विजय साहको खाद्यान्न गोदाममा अनुगमन गरिएको थियो । बढि मुल्यमा विक्रि गर्नेव्यवसायीहरुलाई उपमहानगरपालिकामा भोली हाजिर हुन बोलाइएको उपमेयर भण्डारीले जानकारी दिइन ।