धरान । कृषि उपज बजार स्थलमा भण्डारण गर्ने भनेर लगिएको बोलेरो जिपको खरबुजा आफ्नै गोदाममा भण्डारण गरेको पाइएपछि धरान उपमहानगरको अनुगमन समितिले कारबाही गरेको छ ।

मे १ च ४७३३ नम्बर बोलेरो जिपमा तराई क्षेत्रबाट ल्याइएको एक गाडी खरबुजा गोपाल राउतले आफ्नै गोदाममा भण्डारण गरेको पाइएपछि कारबाही गरिएको हो । राउत र उनका भाइ रामदुलाम राउतले तराई क्षेत्रबाट एक गाडी खरबुजा सोमबार राति ल्याएका थिए । तर, कृषि उपज बजार स्थलमा भण्डारण गर्ने भनेपछि अनुगमन समितिले छाडेको थियो । तर, छड्के जाँच गर्दा धरान–३ स्थित पुरानो बजारमा आफ्नै गोदाममा भण्डारण गरिरहेको पाइएपछि कारबाही गरिएको अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए ।

kharbuja_arrested

उनलाई कारबाही स्वरूप एक हजार रुपैयाँ जरिवाना गरिएको छ । र, सामग्री कृषि उपज बजार स्थलमा लगेर भण्डारण गर्न निर्देशन दिइएको अधिकृत सापकोटाले जानकारी दिए । सोमबार साँझ अनुगमन समितिले धरान–८ को धरान नाका तीनकुने पोष्टमा जाँच गरेका थिए । जसक्रममा ८ वटा गाडीहरू धरान आएका थिए । प्रक्रिया पु¥याएर आए पनि धरान प्रवेशको अनुमति नलिएको पाइएपछि अन्य सात वटा गाडीलाई प्रथम पटक चेतावनी दिएर छाडिएको छ । जसमा तीन वटा आलुका गाडी रहेका थिए । ‘पुनः गल्ती नदोहोर्याउने शर्तमा अन्य सातवटालाई छाडिएको छ’ उनले भने, ‘यसले चाहिँ कृषि उपजमा भण्डारी गर्ने भनेर आफ्नै गोदाममा भण्डारण गरेको पाइएपछि कारबाही गरिएको हो ।’

kharbuja_arrested_2

अनुगमन समितिले कृषि उपज बजार स्थलमा मात्रै भण्डारण गर्न पाउने एकद्वार नीति बनाएको छ । अन्यत्र भण्डारण गरेको पाइए कारबाही गरिने भएको छ । र, कृषि बजारबाट मात्रै अन्यत्र बिक्रीका लागि लान पाउने व्यवस्था गरेको छ । खुद्रामा पनि बजारले तोकेको न्यूनतम मूल्यभन्दा बढीमा बिक्री गरे कालोबजारी ऐन अन्तर्गत कारबाही गरिने भएको छ । सोमबार धरान–१६ का सन्तोष साहलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको थियो । करिब डेढ सय केजी सब्जी बरामद गरिएको थियो । बरामद गरिएको सब्जी भने फिर्ता गरिएको छ ।