उर्लाबारी / उर्लाबारी नगरपालिकाको बिपद कोषमा सोमबार स्थानिय दुई राजनितीक दल जनता समाजवादी उर्लाबारी र राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारीले ७६ हजार ३८ रुपयाँ नगद हस्तान्तरण गरेका छन ।
नगर प्रमुख एवं उक्त कोषका संयोजक खड्ग फागोलाई समाजवादी पार्टीका नगर अध्यक्ष मातृका धिमालले ५१ हजार १९ रुपया र राप्रपाका नगर अध्यक्ष देवी दाहालबाट २५ हजार १९ रुपया हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।
नगरमा सकृय राजनितीक दल मध्ये यस अघि संघीय लोकतान्त्रिक मञ्च नगर समिति उर्लाबारीले कोषमा नगद हस्तान्तरण गरेको भए पनि नगरपालिकामा प्रतिनिधित्व गर्ने दुई ठूला राजनितीक दल नेपाल कम्न्युनिष्ट पार्टी र नेपाली कांग्रेस नगर समिति उर्लाबारीले पनि अगुवा कार्यकर्ता तथा शुभेच्छुकहरुसगँ राहत कोषको लागि आर्थिक संकलन गरेको बताउदै केही दिनमा हस्तान्तरण गर्ने बताएका छन ।