धरान । धरान मुस्लिम समाजले गरिब तथा विपन्न परिवारलाई ‘रमजान राहत’ प्याकेज वितरण गरेको छ ।

सोमबार समाजले विपन्न तथा गरिबहरूलाई लक्षित गर्दै धरान–३ टप फेसन टेलर्सको उद्योग परिसरबाट राहत वितरण गरिएको हो । सामाजिक दूरी कायम गर्दै १५० परिवारलाई १३ केजी बराबरको खाद्यान्न तथा तरकारी वितरण गरिएको कार्यक्रम संयोजक फिरोज अलीले जानकारी दिए ।

उनका अनुसार सिलाइकटाइ मजदुर, यातायात मजदुर, एकल महिला, निर्माण मजदुरलाई खाद्यान्न वितरण गरिएको हो । चामल, चना, तेलक, चिनी, न्यूटेला, नुन, दाल, भुजा, सब्जी वितरण गरिएको उपसंयाेजक माेहम्मद समिमले जानकारी दिए । वितरण कार्यक्रममा सदस्यहरू माेहम्मद जफिर, गुलबहार र सागिरसमेत सहभागी थिए । 

मुस्लिम धर्मालम्बीहरूले रमजान महिना सुरु भइसकेको छ । यो महिनाभरि मुस्लिम धर्मालम्बीहरूले निराहार ब्रत बस्ने गर्दछन् । पाँच पटक नमाजसमेत पढ्ने गर्दछन् । एक महिनाको निराहार ब्रतपछि इद उल फित्र चाँड मनाउने गर्दछन् । 

ramjan_package_dharn