ब्लाष्टखबर । झापाकाे बाह्रदशी गाउँपालिकाका एक व्यक्तिलाई कोरोना संक्रमणकाे पुष्टि भएपछि गाउँपालिकाले निश्चित क्षेत्रमा शिल गर्ने निर्णग गरेको छ ।

अाइतबार वडा नम्बर ४ का एक पुरूष कोरोना संक्रमणकाे पुष्टि साेमबार गाउँपालिकाकाे बैठक बसी साे निर्णय गरेकाे हाे । बैठकले गाउँपालिकाको  उत्तरमा पाख्रिवास, पूर्ब तर्फ कञ्चनगढ मार्ग, दक्षिणमा राधानगर(घाग्रा खोला) र पश्चिममा विरिङ खोला भित्रकाे क्षेत्र शिल गर्न लागीएकाे  सूचना अधिकारी चेतनाथ न्यौपानेले बताएका छन् ।

उनले शिल गर्न जिल्ला प्रशासनसँग गाउँपालिकाले अनुमति मागेको बताउदै गाउँपालिकाकाे तर्फबाट  प्रहरी खटाउन मागसहितकाे  पत्र पठाइसकाे बताए । उनले भने " निर्णय गरेर पुसानरलाइ जानकारी गराइसकेकाे छ। "