कालाबञ्जार । प्रदेश सांसद् भीम आचार्यले आफ्नो निर्वाचन क्षेत्रमा चामल हस्तान्तरण गरेका छन् । सांसद् आचार्यले सुनसरी निर्वाचन क्षेत्र १ (ख) मा १३ हजार ५ सय केजी चामल वितरण गरेका हुन् ।
आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर निर्वाचन क्षेत्रमा पर्ने २७ वटा वडालाई ५ सय केजीका दरले चामल हस्तान्तरण गरेका हुन् । उनको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर १ को ‘ख’ मा वराहक्षेत्रका ५ वटा वडा, रामधुनीको २ वटा वडा र २० वटा वडा धरानमा रहेका छन् । आचार्यका स्वकीय सचिव अनिल राजधामीका अनुसार वराहक्षेत्र र रामधुनी गरी ७ वटा वडामा आइतबार चामल हस्तान्तरण गरिएको बताए । सांसद् आचार्यका अनुसार चामल विभिन्न स्रोतबाट जुटाइएको हो । उनका अनुसार दुहबी निवासी सुमन भट्टराईले चालम सहयोग गरेका थिए ।